२०८३ बैशाख २२ गते , मंगलबार

राजेन्द्र लिङ्देनको खुलासा : कोशीमा विश्वासको मतका लागि मन्त्री पद र १० करोडको अफर आयो

sajilo news
झापा
२०८० भाद्र २ गते , शनिबार
राजेन्द्र लिङ्देनको खुलासा : कोशीमा विश्वासको मतका लागि मन्त्री पद र १० करोडको अफर आयो

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा विश्वासको मत माग्न १० करोड अफर गरिएको खुलासा गरेका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत अध्यक्ष लिङ्देनले सत्ता पक्षले विश्वासको मतका लागि मन्त्री पद र १० करोड अफर गरिरहेको खुलासा गरेका हुन्।

‘पूर्वमा विश्वासको मत लिने दिनको टुङ्गो भएसँगै खरिदेहरू प्रदेशसभा सदस्यहरूको घरदैलोमा गएर मन्त्री र १० करोडको प्रस्ताव गर्दैछन् भन्ने हल्ला काठमाडौँ सम्मै आइपुग्यो त,’ उनले भनेका छन्। कोशीमा राप्रपाका ६ जना सांसद रहेका छन्। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ गते विश्वासको मत लिँदै छन्।

सम्बन्धित समाचार