२०८३ बैशाख २६ गते , शनिबार

भारतको लद्दाखमा सैनिक सवार ट्रक दुर्घटना, ९ जनाको मृत्यु

sajilo news
एजेन्सी
२०८० भाद्र ३ गते , आईतबार
भारतको लद्दाखमा सैनिक सवार ट्रक दुर्घटना, ९ जनाको मृत्यु

भारतको लद्दाखस्थित लेह जिल्लामा सैनिक सवार ट्रक दुर्घटना हुँदा नौजनाको मृत्यु भएको छ।  एक जुनियर कमिसन अफिसर र आठ जवानको मृत्यु भएको भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको छ। शनिबार साँझ १० जना सवार ट्रकमा रहेका अर्का एक जना घाइते भएका छन्। 

एउटा एम्बुलेन्स र एक भ्यानसहित केरी भनिने क्षेत्रतर्फ जाँदै गरेको ट्रक सडकबाट खसेको हो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ। दुर्घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गरेका छन्।

सम्बन्धित समाचार