२०८३ बैशाख २४ गते , विहीबार
बस इन्धन बोकेको भ्यानसँग ठोक्किँदा २० जनाको मृत्यु
पाकिस्तानको पूर्वी पन्जाब प्रान्तको हाफिजाबाद जिल्लामा आइतबार यात्रुवाहक बस दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ । आइतबार यात्रु बसले अर्को सवारीसाधनलाई ठक्कर दिँदा लागेको आगोले अन्य १५ जना घाइते भएका हुन् । फैसलाबाद टोल प्लाजाको राजमार्गमा बिहान इन्धन बोकेको पिकअप भ्यानसँग बस ठोक्किएर आगलागी भएको थियो ।
उद्धारकर्मीहरूले घाइतेलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । जसमा तीन जनाको अवस्था गम्भीर रहेको छ । बसमा करिब ४० जना यात्रु सवार थिए । दुर्घटनाग्रस्त बस दक्षिणी बन्दरगाह सहर कराँचीबाट सङ्घीय राजधानी इस्लामावाद जाँदै थियो ।