२०८३ बैशाख २६ गते , शनिबार

भारतमा निर्माणाधीन रेलवे पुल भत्किँदा १७ मजदुरको मृत्यु 

sajilo news
एजेन्सी
२०८० भाद्र ६ गते , बुधबार
भारतमा निर्माणाधीन रेलवे पुल भत्किँदा १७ मजदुरको मृत्यु 

भारतको पूर्वोत्तर राज्य मिजोरममा निर्माणाधीन रेलवे पुल भत्किँदा कम्तिमा १७ जना मजदुरको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार मिजोरम राज्यको राजधानी आइजलबाट झण्डै २० किलोमिटर पर रहेको सैराङ क्षेत्रमा उक्त घटना भएको हो ।

दुर्घटनामा घाइते भएकाहरूको पूर्ण विवरण प्राप्त भइनसकेको उद्धारमा खटिएका प्रहरी अधिकारीले बताएका छन् । मिजोरमका मुख्यमन्त्री जोरामथन्गाले दुर्घटनाबारे जानकारी दिँदै कम्तिमा पनि १७ जना मजदुरको ज्यान गएको पुष्टि गरे ।

मिजोरमका प्रहरी अधिकारीका अनुसार पुल भत्किने बेलामा त्यहाँ ३५ देखि ४० जनासम्म कर्मचारी र मजदुर कार्यरत रहेका थिए । यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाको खबरबाट आफू मर्माहत भएको उल्लेख गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीको सचिवालयले मृतकका परिवारलाई प्रतिव्यक्ति दुई लाख भारु क्षतिपूर्ति दिने घोषणा समेत गरेको छ ।

सम्बन्धित समाचार