२०८३ बैशाख २६ गते , शनिबार

कंगोको एक गाउँमा लडाकु समूहको आक्रमण, १४ जनाको मृत्यु

sajilo news
एजेन्सी
२०८० भाद्र १२ गते , मंगलबार
कंगोको एक गाउँमा लडाकु समूहको आक्रमण, १४ जनाको मृत्यु

कंगो । अफ्रिकी देश कंगोको एउटा गाउँमा फेरि हमला भएको छ । मिलिशिया समूहका लडाकुहरूले गरेको आक्रमणमा १४ जनाको मृत्यु भएको छ । कंगोली सेनाले सो आक्रमणको पुष्टि गरेको छ।

समाचार अनुसार कर्णेल मापेला म्विनियामाले भने कि कोडको मिलिशियाका केही सशस्त्र लडाकुहरू गोबु गाउँमा प्रवेश गरेका थिए। यस क्रममा लगातार गोलीवारि भएको थियो ।

कङ्गोली सेनाले जवाफी कारबाही गरेको थियो। यस क्रममा ९ सर्वसाधारण, चार आक्रमणकारी र एक सैनिक मारिए। सोही क्रममा दुई सैनिक र दुई सर्वसाधारण घाइते भएका छन् ।

सम्बन्धित समाचार