२०८३ बैशाख ९ गते , बुधबार

भद्रपुरका १० वटा निजी विद्यालयले अझै बुझाएनन् छात्रवृत्ति विवरण (नामावलीसहित)

sajilo news
झापा
२०८० भाद्र १२ गते , मंगलबार
भद्रपुरका १० वटा निजी विद्यालयले अझै बुझाएनन् छात्रवृत्ति विवरण (नामावलीसहित)

भद्रपुर । भद्रपुर नगर क्षेत्रका १० वटा निजी विद्यालयले छात्रवृत्ति विवरण बुझाउन अटेर गरेको पाइएको छ ।  भद्रपुर शिक्षा, युवा तथा खेलकुद शाखाले ती विद्यालयहरूलाई सात दिनभित्र छात्रवृत्ति विवरण बुझाउन सूचना प्रकाशन गरी निर्देशन दिएको छ ।

छात्रवृत्ति विवरण नबुझाउने विद्यालयहरू विभूति विद्या मन्दिर, मन्टेश्वरी किन्डरवल्र्ड, लोटस इङ्लिस स्कुल, मोरान मेमोरियल इङ्लिस स्कुल, मुनाल एकेडेमी, आदर्श इङ्लिस स्कुल, फुलमुन एकेडेमी, शिखर शिशु सदन, एसियन स्टार इङ्लिस स्कुल र एडभेन्टीस्ट इङ्लिस स्कुल रहेको शिक्षा शाखाले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ (संशोधनसहित) र भद्रपुर नगरपालिकाको शिक्षा ऐन २०७५ ले तोके बमोजिम निजी विद्यालयहरूले नियमानुसार प्रत्येक शैक्षिक सत्रमा वितरण गर्नुपर्ने १० प्रतिशत छात्रवृत्ति वितरण सम्बन्धमा चालु शैक्षिक सत्र २०८० का लागि प्रथम पटक जारी गरिएको सूचना बमोजिम यस कार्यालयमा पेस गर्नुपर्नेमा १० वटा विद्यालयले हालसम्म विवरण पेस नगरिएको हुँदा सात दिनभित्र अनिवार्य विद्यालय व्यवस्थापन समितिको निर्णयसहित छात्रवृत्ति विवरण पेस गर्न शाखाले आग्रह गरेको छ ।

सात दिनभित्र विवरण पेस नगरे नियमानुसार कारबाही प्रक्रिया अघि बढाइने शाखाका निमित्त प्रमुख प्रेमबहादुर भुजेलले जारी गरिएको सूचनामा उल्लेख छ ।  

सम्बन्धित समाचार