२०८३ बैशाख २६ गते , शनिबार

रुसी सेनामा दुई लाख ८० हजारको भर्ती

sajilo news
रासस
२०८० भाद्र १८ गते , सोमबार
रुसी सेनामा दुई लाख ८० हजारको भर्ती

मस्को । रुसका पूर्वराष्ट्रपति तथा सुरक्षा परिषद्का अध्यक्ष दिमित्री मेदभदेवले बितेका आठ महिनामा रूसी सेनामा दुई लाख ८० हजार मानिसलाई भर्ती गरिएको बताएका छन् । सुदूरपूर्वी टापु सखालिनको भ्रमणमा रहेका पूर्वराष्ट्रपतिले आइतबार उक्त जानकारी दिएका हुन।

युक्रेनसँगको आक्रामक कारबाही १९औं महिनामा चलिरेहेका बेला धेरैभन्दा धेरै पुरुषलाई सेनामा आकर्षितत गर्ने प्रयास भएको बताउँदै उनले केही स्वयंसेवक र जगेडामा रहेका सैनिकलाई रणमैदानमा परिचालन गरिएको बताए । रूसी सेनाले अनलाइन र रूसी सडकहरूमा व्यापक विज्ञापन निकालेर स्वयंसेवक भर्ती गर्न ठूलो प्रचार अभियान पनि सञ्चालन गरेको छ । सन् २००८ देखि २०१२ सम्म रुसको नेतृत्व गरेका मेदभदेवले युक्रेन आक्रमणको समर्थन गर्दै आएका छन् । रासस/एएफपी

सम्बन्धित समाचार