२०८३ बैशाख २६ गते , शनिबार

युक्रेनमा रुसको आक्रमण, १६ जनाको मृत्यु

sajilo news
एजेन्सी
२०८० भाद्र २१ गते , विहीबार
युक्रेनमा रुसको आक्रमण, १६ जनाको मृत्यु

पूर्वी युक्रेनको एक बजारमा रुसको आक्रमणमा परी १६ व्यक्तिको मृत्यु भएको छ। रूसले डोनेट्स्क क्षेत्रको कोस्ट्यान्टीनिभको शहरमा आक्रमण गर्दा सामान खरिदका लागि बजार गएका सर्वसाधारण मारिएका हुन्। 

आक्रमणमा  एक बालकको समेत मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। युक्रेनको गृह मन्त्रालयका अनुसार आक्रमणमा परी २८ जना घाइते भएका छन् । 

डोनेट्स्कमा अनुमानित ७० हजार मानिसहरूको बसोबास छ। उक्त क्षेत्र युद्धमा अग्रपङ्क्तिमा रहेको एक शहर हो। कोस्ट्यानटाइनिभका फेब्रुअरी २०२२ मा रूसले आक्रमण शुरु गरेदेखि युद्धको केन्द्रविन्दु बनेको छ। 

सम्बन्धित समाचार