२०८३ बैशाख २४ गते , विहीबार

४५ महिला र छात्रालाई यौन दुर्व्यवहार गर्ने प्रिन्सिपल पक्राउ

sajilo news
एजेन्सी
२०८० भाद्र २१ गते , विहीबार
४५ महिला र छात्रालाई यौन दुर्व्यवहार गर्ने प्रिन्सिपल पक्राउ

कराँची । पाकिस्तानमा एक प्रिन्सिपलले ४५ महिला तथा छात्राहरूमाथि यौन दुब्यव्यहार गरेको खुलेको छ । कराँची सहरबाट बलात्कारी प्रिन्सिपल इरफान गफुर मेमनले दिएको पीडा र यातानाको खबर बाहिर आएसँगै उनको कर्तुत खुलासा भएको हो ।

समाचार अनुसार ४५ महिलासँग ब्लाकमेल र केहीलाइ बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका छन् । उनको मोबाइलबाट कैयौं महिलाको भिडियो पनि फेला परेको छ, जुन विद्यालयको सीसीटीभीमा कैद भएको थियो ।

विद्यालयमा केही क्यामेरा लुकाएर राखेका थिए, जसमा रेकर्डिङ गरेर उनले महिला शिक्षक र छात्राहरूलाई ब्ल्याकमेल गर्ने गर्थे । अनुसन्धान टोलीले उनको सेलफोनबाट यस्तै २५ वटा छोटो भिडियो क्लिप पनि बरामद गरेको छ ।
 

सम्बन्धित समाचार