२०८३ बैशाख २६ गते , शनिबार

भारतमा जी–२० को संयुक्त वक्तव्यप्रति युक्रेनको आपत्ति

sajilo news
एजेन्सी
२०८० भाद्र २४ गते , आईतबार
भारतमा जी–२० को संयुक्त वक्तव्यप्रति युक्रेनको आपत्ति

युक्रेनले जी–ट्वेन्टी शिखर सम्मेलनको घोषणमा कुनै गर्व गर्न लायक विषय नसमेटिएको प्रतिक्रिया दिएको छ। भारतको नयाँ दिल्लीमा जारी जी–ट्वेन्टी शिखर सम्मेलनको साँझ घोषणा पत्र जारी भएको थियो। 

घोषणापत्रमा युक्रेन संकट वा रुसमाथि दबाब बढाउने खालका कुनै पनि कुरा नसमेटिएको भन्दै उसले यस्तो प्रतिक्रिया दिएको हो। जी–ट्वेन्टी शिखर सम्मेलनले भारत–मध्यपूर्व–युरोप इकोनोमिक करिडोर घोषणा गरेको छ। करिडोर अन्तर्गतका परियोजना निर्माण भएमा भविष्यमा भारत, अरेबियन गल्फ र युरोपको सहकार्य ऐतिहासिक हुने दाबी गरिएको छ। 

विज्ञका अनुसार करिडोरअन्तर्गत निर्माण हुने रेल लिंकबाट भारत र युरोपको व्यापार ४० प्रतिशत छिटो हुने सम्भावना छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको उपस्थितिमा भएको घोषणालाई दिल्लीमा ऐतिहासिक र चिनियाँ बिआरआईमाथिको झड्का भनिएको छ। 

बाइडेनले यो भविष्यमुखी सहकार्य भएको भन्दै खुसी व्यक्त गरेका छन्। यस्तै घोषणापत्रमा बलियो, दीर्घकालीन, सन्तुलित र समावेशी वृद्धि, दिगो विकास लक्ष्यको प्रगतिलाई गति दिने, दीर्घकालीन भविष्यको लागि हरित विकास सम्झौता, एक्काइसौँ शताब्दीका लागि बहुपक्षीय संगठनहरू तथा बहुपक्षवादलाई पुनर्जीवित गर्ने जस्ता विषय समेटिएका छन्।

सम्बन्धित समाचार