२०८३ बैशाख ११ गते , शुक्रबार

एसइई खारेजको प्रस्ताव, विद्यालय तहको अन्तिम परीक्षा कक्षा १२ हुने 

sajilo news
झापा
२०८० भाद्र २७ गते , बुधबार
एसइई खारेजको प्रस्ताव, विद्यालय तहको अन्तिम परीक्षा कक्षा १२ हुने 

माध्यमिक शिक्षा परीक्षा (एसइई) खारेजको प्रस्ताव गरिएको छ। बुधबार संसदमा दर्ता भएको विद्यालय शिक्षा विधायकमा परीक्षा सञ्चालन तथा व्यवस्थापन बारेमा एसइई परीक्षालाई समावेश गरिएको छैन।

परीक्षा सञ्चालन तथा व्यवस्थापनमा भनिएको छ,‘माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा राष्ट्रिय परीक्षा बोर्डबाट र आधारभूत शिक्षा उत्तीर्ण परीक्षा स्थानीय तहबाट सञ्चालन हुनेछ।’

आधारभूत शिक्षा उत्तीर्ण परीक्षाको मूल विषयको प्रश्नपत्र सम्बन्धित शिक्षा कार्यालयले र ऐच्छिक विषयको प्रश्नपत्र स्थानीय तहले राष्ट्रिय मापदण्डको अधीनमा रही निर्माण गर्ने पनि विधेयकमा उल्लेख छ।

सम्बन्धित समाचार