२०८३ बैशाख ११ गते , शुक्रबार

शिक्षकले गणित, विज्ञान र कम्प्युटर विषय अंग्रेजीमा पढाउनुपर्ने

sajilo news
झापा
२०८० भाद्र २७ गते , बुधबार
शिक्षकले गणित, विज्ञान र कम्प्युटर विषय अंग्रेजीमा पढाउनुपर्ने

शिक्षकहरूले गणित, विज्ञान र कम्प्युटर विषयलाई अंग्रेजी भाषामा मूल विषयको रूपमा पढाउनुपर्ने व्यवस्था गरिएको छ। आज संसदमा दर्ता भएको  विद्यालय शिक्षासम्बन्धी विधेयकमा उक्त व्यवस्था गरिएको हो। 

विधेयकको शिक्षण माध्यमभाषामा भनिएको छ,‘शिक्षणको माध्यमभाषा नेपाली, संस्कृत, मातृभाषा वा अङ्ग्रेजी हुन सक्नेछ,उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि गणित, विज्ञान र कम्प्युटर विषयलाई अंग्रेजी भाषामा मूल विषयको रूपमा पढाउने।’

यस्तै, कुनै विदेशीले नेपालमा अध्ययन गर्दा अनिवार्य नेपाली विषयको सट्टा निजले चाहेमा पाठ्यक्रममा निर्धारित भाषामध्ये कुनै एक भाषागत विषय अध्ययन गर्न सक्ने पनि व्यवस्था गरिएको छ।  ‘नेपाली मौलिक कला, संस्कृति, सभ्यता, सामाजिक रहनसहन समेटिएका सामाजिक अध्ययनका विषयहरू नेपाली वा मातृभाषाको माध्यमबाट अध्यापन गराउनुपर्ने छ,’विधेयकमा उल्लेख छ।

सम्बन्धित समाचार