२०८३ बैशाख ११ गते , शुक्रबार

वृद्धा र अपाङ्गता भएका व्यक्तिलाई आदर्श स्कुलका विद्यार्थीले गरे सहयोग

sajilo news
झापा
२०८० भाद्र ३० गते , शनिबार
वृद्धा र अपाङ्गता भएका व्यक्तिलाई आदर्श स्कुलका विद्यार्थीले गरे सहयोग

बिर्तामोड । पढाइसँगै समाजमा अतिरिक्त रचनात्मक क्रियाकलाप गर्दै आएको झापा बिर्तामोडको आदर्श स्कुल अफ म्यानेजमेन्टले बाल दिवसको अवसरमा वृद्धा र अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग गरेको छ ।

तीज विशेष तथा बाल दिवसको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयका महिला कर्मचारी र विद्यार्थीहरूले कनकाई माइधाममा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा आश्रित १० जना वृद्धा र कनकाई ४ को पुकार अपाङ्ग अशक्त सरोकार समाजमा रहेका अपाङ्गता भएका बालबालिकालाई कपडा (तन्ना ,सिरानीका खोल), झुल ,फलफूल तथा जुस वितरण गरेका हुन् ।

करिब १३ हजार मूल्य बराबरको सामग्री विद्यालयका विद्यार्थीहरूले प्रदान गरेका थिए । आगामी दिनमा पनि यस्ता खालका सामाजिक कार्य सञ्चालन गर्दै जाने विद्यालयकी अनुसा ढकाल खरेलले बताइन् ।

सम्बन्धित समाचार