माओवादी केन्द्र गौरादहको विशेष नगर भेला सम्पन्न
गौरादह । नेकपा (माओवादी केन्द्र)को जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तरगत गौरादह नगरको विशेष नगर भेला सम्पन्न भएको छ ।
गौरादह-८ जुरोपानीस्थित शिवालय मन्दिरको हलमा बुधबार भएको विशेष भेलाले माधव भट्टराईको अध्यक्षतामा ५१ सदस्यीय गौरादह नगर कमिटी गठन गरेको छ । नगर कमिटीको उपाध्यक्षमा क्रमशः छबिन्द्र बस्नेत , गणेश राजवंशी र कमला खड्का रहेका छन् भने सचिवमा विशाल ढकाल, सहसचिव कुमार पौडेल, शङ्कर कट्टेल र गणेश कार्की, कोषाध्यक्षमा चूडा भुजेल चयन भएका छन् । त्यसैगरी भेलाले सुनिल खड्का, राजन खनाल , ज्ञानेन्द्र लुइँटेल, जागिराम अधिकारीलाई कार्यालय सदस्यमा चयन गर्दै ५१ सदस्यीय नगर कमिटी गठन गरेको छ ।
भेलामा बोल्दै माओवादी केन्द्रका पोलिटब्युरो सदस्य इन्द्र आङ्बोले तीन महिने अभियानले पार्टीलाई थप उचाइमा पुर्याउने बताए । कोशी प्रदेशका माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका आङ्बोले प्रचण्ड सरकारमा आएपछि नागरिकता, भ्रष्टाचारीहरूलाई पक्राउ सुशासन लगायतका धेरै कामहरू भएकाले माओवादीले मात्र देशको हितमा काम गर्ने बताए ।
माओवादीको एजेन्डामा टेकेर अरूले माओवादीलाई नै गाली गरेको देख्दा अचम्म लाग्ने गरेको पनि आङ्बोले बताए । कार्यक्रममा माओवादी केन्द्रका प्रदेश सचिव गणेश उप्रेती (सुशील), प्रदेश कोषाध्यक्ष गगन पुरी प्रदेश सदस्य वीरेन्द्र बस्नेत, हुकुम सिंह नेपाली , दमक नगर इन्चार्ज वेदु गौतम लगायतले मन्तव्य राखेका थिए ।