२०८३ बैशाख २४ गते , विहीबार

आजदेखि खाना पकाउने ग्यासको मुल्य रु २११०

sajilo news
झापा
२०८० आश्विन १४ गते , आईतबार
आजदेखि खाना पकाउने ग्यासको मुल्य रु २११०

सरकारले आजदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको भाउ बढाएको छ। नेपाल आयल निगमले शनिबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा दुई रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ६ रूपैयाँ बढाएको जानकारी दिएको छ।त्यस्तै खाना पकाउने ग्यासको भाउ प्रतिसिलिन्डर दुई सय १५ रूपैयाँ बढाएको छ। हवाइ इन्धन आन्तरिकतर्फ लिटरमा ८ रूपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर ६० डलर (प्रतिलिटर करिब ८ रूपैयाँ) बढाएको छ।

भारतीय आयल कर्पोरेसन (आइओसी)ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर १ रूपैयाँ ३४ पैसा, डिजेलमा चार रूपैयाँ ८२ पैसा, ग्यासमा एक सय ७३ रूपैयाँ ४५ पैसा र हवाइ इन्धनमा प्रतिलिटर ६ रूपैयाँ ५४ पैसा बढाएर नयाँ मूल्य सूची पठाएको छ।

यो वृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिण्डर २११० रुपैयाँ पुगेको छ। पेट्रोलको मूल्य पहिलो वर्गमा परेको चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोबाट बिक्री हुनेको हकमा प्रतिलिटिर १८२।५ रुपैयाँ, दोस्रो वर्गमा रहेको सुर्खेत र दाङमा १८४ रुपैयाँ र काठमाडौं, पोखरा र दिपायलमा १८५ रुपैयाँ पुगेको छ।

सम्बन्धित समाचार