२०८३ बैशाख २० गते , आईतबार

समाजवादी मोर्चाले झापामा सभा गर्दै, प्रमुख वक्ता विप्लव

sajilo news
झापा
२०८० आश्विन १९ गते , शुक्रबार
समाजवादी मोर्चाले झापामा सभा गर्दै, प्रमुख वक्ता विप्लव

गत भदौ २५ गते विराटनगरमा प्रदेशस्तरीय सभा गरेको समाजवादी मोर्चा नेपालले यही असोज २४ गते बिर्तामोडमा पनि सन्देश सभा गर्ने भएको छ ।

प्रदेशले गरेको निर्णय र निर्देशनबमोजिम यही असोज २४ गते समाजवादी मोर्चा नेपाल झापाको सन्देश सभा बिर्तामोडस्थित सिटी सेन्टरमा बृहद उपस्थितिमा सम्पन्न गर्ने निर्णय गरिएको आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । जुन कार्यक्रमको सम्पूर्ण तयारी पूरा भैसकेको आयोजकले जनाएको छ ।

कार्यक्रमको प्रमुख वक्ता नेकपाका महासचिव विप्लव रहनेछन् । त्यस्तै नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सचिव चक्रपाणि खनाल बलदेव, नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सचिव राजेन्द्र राई, जनता समाजवादी पार्टीका केन्द्रीय सह–अध्यक्ष राजेन्द्र श्रेष्ठ वक्ता रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कार्यक्रमको अध्यक्षता नेकपा , सञ्चालन नेकपा (माओवादी केन्द्र) , स्वागत मन्तव्य जसपा र धन्यवाद ज्ञापन नेकपा(एकीकृत समाजवादी) ले गर्ने निर्णय गरिएको नेकपा माओवादीका नेता राजु आचार्य अग्निले जानकारी दिए । उनले झापामा विप्लव नेतृत्वको नेकपाका मेची इन्चार्ज सुमनसिंह पौडेल(प्रशान्त सी)को संयोजकत्वमा समाजवादी मोर्चा नेपाल गठन गरिएको बताए । जसको सदस्यहरूमा नेकपाका सञ्जय सी , हुकुम सी , नेकपा (माओवादी केन्द्र)का सिपी कडरिया, पुरुषोत्तम चुँडाल , मोहन टुडू ,नेकपा (एकीकृत समाजवादी)का वेदराज रेग्मी, वि.पी. भट्टराई ,पदम सुब्बा,जनता समाजवादी पार्टीका दिपेनवाला राई , सनम राजवंशी र सन्तोष गणेश रहेका छन् ।

कार्यक्रममा मोर्चा सम्बद्ध दलका जिल्लास्तरीय नेताहरूले कोशी प्रदेशको नाम खारेज गरी त्यसको सट्टामा पुनरलेखन गरिनुपर्नेमा जोड दिएका थिए । उनीहरूले मोर्चाले भ्रष्टाचार , ढिलासुस्ती , बेरोजगार , कृषिमा आधुनिकीकरणजस्ता विषयहरूलाई उठान गर्दै आएको बताए ।कार्यक्रममा माओवादीका राजु आचार्य अग्नि , सिपी कडरिया , एकीकृत समाजवादीका वेदराज रेग्मी , जसपाका दिपेनवाला राईलगायतले बोलेका थिए । मोर्चाले कोशी प्रदेशको १४ वटै जिल्लामा यही असोज २४,२५,२६ र २७ गते सन्देश सभा आयोजना गर्ने भएको छ ।

सम्बन्धित समाचार