२०८३ बैशाख २३ गते , बुधबार

एमसीसीमा तीन नेताको दह्रो काँध खोज्दै अमेरिका

sajilo news
पत्रपत्रिका
२०८० आश्विन १९ गते , शुक्रबार
एमसीसीमा तीन नेताको दह्रो काँध खोज्दै अमेरिका

काठमाडौं । एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस पी अलब्राइटले यही हप्ता नेपालको भ्रमण गरिन्। भ्रमणको दौरानमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग कार्यान्वयनबारे छलफल गरिन्। 

उनका अनुसार तीनै शीर्ष नेताले कार्यान्वयनमा ठूलो सहयोग गर्ने पूर्ण आश्वासन दिएका छन्। ओली र देउवा एमसीसी पूर्ण कार्यान्वयनमा पक्षमा छन्। तर, सरकारको बागडोर सम्हालेका दाहालप्रति भने अमेरिका अझै विश्वस्त देखिँदैन। किनकि, एमसीसीका सबालमा दाहाल आफैंले बेलाबेलामा सार्वजनिक रूपमा प्रश्न उठाउने गरेका छन्।

त्यसमाथि उनको पार्टी नेकपा (माओवादी केन्द्र) मा एमसीसीप्रति त्यति सकारात्मक माहोल छैन। माओवादी उच्च नेता र कार्यकर्ताले यसलाई हिन्द महासागर रणनीतिको अंगको रूपमा लिन्छन् र एमसीसीको विरोध गरिरहेका छन्। 

माओवादी पार्टीबाटै छुट्टिएर गएका विभिन्न साना वामपन्थी दलहरूले अहिले पनि एमसीसीको विरोधमा स–साना कार्यक्रमहरू गरिरहेका छन्। त्यसैगरी माधवकुमार नेपालले नेतृत्व गरेको सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) भित्र पनि एमसीसीका सम्बन्धमा असन्तुष्टिहरू कायम छन्।

त्यसैगरी उनीहरूको सबाल एमसीसी पास गर्दा संसद्बाट पारित भएको व्याख्यात्मक टिप्पणीप्रति अमेरिकी धारणा माग गरिरहेका छन्। एमसीसीकी प्रमुख कार्यकारी अधिकृत अलब्राइटले भने त्यसलाई आफूहरूले पूर्ण रूपमा स्वीकार गरेको बताएकी छन्। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

सम्बन्धित समाचार