२०८३ बैशाख १२ गते , शनिबार

कोशीका मुख्यमन्त्री केदार कार्कीलाई दमकमा कालो झण्डा

sajilo news
झापा
२०८० मंसीर २६ गते , मंगलबार
कोशीका मुख्यमन्त्री केदार कार्कीलाई दमकमा कालो झण्डा

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई झापाको दमकमा पहिचानपक्षधरले कालो झण्डा देखाएको छ। मंगलबार झापाको दमकस्थित कस्मिक पार्टी प्यालेसमा आयोजित लागुऔषधको नियन्त्रण, रोकथाम, सचेतना र उपचार अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा पहिचान पक्षधरले कालो झण्डा देखाउँदै नाराबाजी समेत गरेका छन्।

कोशी नाम खारेज गर, पहिचान विरोधी होसियार भन्दै पहिचानपक्षधरले नारा समेत लगाएका थिए।  फागुन १७ गते तत्कालीन प्रदेश १ ले कोशी नाम पाएसँगै पहिचानसहितको प्रदेशको नामकरणको माग राख्दै पहिचान पक्षधर  निरन्तर आन्दोलनरत छन्।

सम्बन्धित समाचार