२०८३ बैशाख २० गते , आईतबार
धनकुटामा एमाले अध्यक्ष ओलीमाथि आक्रमण प्रयास, एक जना पक्राउ
धनकुटा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण प्रयास गर्ने एक जना पक्राउ परेका छन्। प्रहरीले लेगुवाका महेश राईलाई पक्राउ गरेको हो।
भोजपुरको कार्यक्रम सकेर धनकुटातर्फ गइरहेका अध्यक्ष ओलीलाई अतिथि सत्कारको लाइनमा माला लगाउन उभिएका एक व्यक्तिले मुक्का प्रहार गर्ने प्रयास गरेका थिए। तत्काल ओलीका अंगरक्षक र एमाले कार्यकर्ताले रोकेका थिए। एमाले अध्यक्ष ओली पार्टीको मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प यात्रा अभियानमा सहभागी छन्।