२०८३ बैशाख २० गते , आईतबार

एमालेको संकल्प यात्रा चिवाभञ्ज्याङमा पुगेर सकियो

sajilo news
झापा
२०८० पौष २ गते , सोमबार
एमालेको संकल्प यात्रा चिवाभञ्ज्याङमा पुगेर सकियो

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प यात्रा सकिएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा फहराएर संकल्प अभियानको समापन गरेका हुन्।

गत मंसिर १४ गते भारतसँगको सीमाना जोडिएको बैतडीको झुलाघाटमा अध्यक्ष ओलीले झण्डोत्तोलन नै गरेर अभियानको आरम्भ गरेका थिए। पाँचथर सदरमुकाम फिदिमबाट ओली आजै नेपाल भारत सीमा क्षेत्रमा रहेको चिवाभञ्ज्याङ पुगेर देश र जनताको हितलाई सर्वोपरी ठान्नेहरुमा मध्यपहाडी संकल्प यात्राले उत्साहित बनाएको बताए।

‘संकल्प यात्राले अवाञ्छित चिन्तन र विचारलाई हतोत्साहित गरेको छ। देश र जनताको हितलाई सर्वोपरी ठान्नेहरुको मनोबल उच्च बनाएको छ’ ओलीले भनेका छन्।

संकल्प यात्राले मुलुकमा ब्याप्त निराशा चिर्न सक्ने शक्ति एमाले भएको समेत पुष्टि गरेको अध्यक्ष ओलीको दाबी छ। तर, गठबन्धन सरकारका कारणले मुलुक चिन्ताजनक अवस्थामा पुगेको उनले सुनाए।

सम्बन्धित समाचार