२०८३ बैशाख २० गते , आईतबार

जनमतका अध्यक्ष सीके राउतसहित ५१ जना पक्राउ

sajilo news
काठमाडौं
२०८० पौष १६ गते , सोमबार
जनमतका अध्यक्ष सीके राउतसहित ५१ जना पक्राउ

जनमत पार्टीका अध्यक्ष सीके राउत माइतीघर क्षेत्रबाट पक्राउ परेका छन्।  निषेधित क्षेत्र घोषित स्थानमा प्रदर्शन गर्न खोजपछि उनलाई सोमबार बिहान प्रहरीले माइतीघरबाट पक्राउ गरेको हो।

उनीसहित ५१ जनालाई नियन्त्रणमा लिएको काठमाडौं उपत्यका प्रहरी परिसरका प्रमुख एआईजी दिपक थापाले जानकारी दिए। निषेधित क्षेत्र तोडेर सडकमै सुत्न थालेपछि उनीहरूलाई नियन्त्रणमा लिएका हौँ’, एआईजी थापाले भने।

राउतसहितका नेता कार्यकर्ता धोती दिवस मनाउन माइतीघरमा पुगेका हुन्। जनवरी १ का दिन पहाडी समुदायले टोपी दिवस शुरु गरेपछि मधेशमा धोती दिवस मनाउन थालिएको छ।

सम्बन्धित समाचार