२०८३ जेष्ठ १ गते , शुक्रबार

यो वर्ष चीनले १०० अन्तरिक्ष यान प्रक्षेपण गर्ने

sajilo news
एजेन्सी
२०८० फाल्गुन १५ गते , मंगलबार
यो वर्ष चीनले १०० अन्तरिक्ष यान प्रक्षेपण गर्ने

चीनले यो वर्ष करिब १०० अन्तरिक्ष यान प्रक्षेपण गर्ने भएको छ। सोमबार पत्रकार सम्मेलन आयोजना गरी यसबारे सार्वजनिक जानकारी गराइएको हो। यो योजनाबाट अन्तरिक्षका क्षेत्रमा नयाँ रेकर्ड कायम हुनेछ।   चीनको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण साइटबाट पहिलो उडान समावेश गरिएको बताइएको छ।  

चीनको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण स्थल दक्षिण चीनको टापु प्रान्त हेनानको वेनचाङ शहरमा निर्माण भइरहेको छ। चाइना एरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेसन, देशको रकेट शृङ्खला विकासकर्ता र देशको अन्तरिक्ष उद्योगको अग्रणी शक्ति, चाइना एरोस्पेस विज्ञान र प्रविधिको सन् २०२३ ब्लु बुक (नीलो पुस्तिका) पनि जारी गरी थप जानकारी दिइएको छ। 

सम्बन्धित समाचार