२०८३ बैशाख ५ गते , शनिबार

झापास्थित डिल्लीराज माविका प्रअ गुप्तालाई विद्यालय प्रवेशमा रोक

sajilo news
झापा
२०८० फाल्गुन १७ गते , विहीबार
झापास्थित डिल्लीराज माविका प्रअ गुप्तालाई विद्यालय प्रवेशमा रोक

झापा गाउँपालिकास्थित डिल्लीराज माविका प्रधानाध्यापक वीरेन्द्र प्रसाद गुप्तालाई विद्यालय प्रवेशमा रोक लगाएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै प्रअ गुप्ताले गरेको अनियमितता छानबिन नगरेसम्म विद्यालय प्रवेश गर्न नदिने विप्लव समूहको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) को झापा गाउँपालिका कमिटीले विद्यालयभित्र प्रअ गुप्ताले गरेका अनियमितताको छानबिन नगरेसम्म रोक लगाइएको इन्चार्ज कुमार सिले जनाएका छन् । उनीहरूले प्रअ गुप्ताको कोठामा समेत तालाबन्दी गरेका छन् ।

प्रअ गुप्ताले विद्यालयमा अपारदर्शी ढंगले काम गरेपछि यतिवेला त्यहाँका शिक्षक, कर्मचारी, व्यवस्थापन समिति, अभिभावक, स्थानीयवासी सबै रुष्ट भएका छन् । पटक–पटक प्रअ गुप्तामाथि भ्रष्टाचार आरोप लाग्दा पनि छानबिन नभएपछि विप्लव समूहले एक्सन लिएको हो । उनी विरुद्ध अख्तियारमा उजुरी समेत परेको छ ।

स्थानीय राजनीतिक दल, बुद्धिजीवी, जग्गादाताहरूले विद्यालयको पारदर्शिता खोजेका छन् । तर,प्रअ गुप्ताले उनीहरूको मागलाई बेवास्ता गर्दै आएपछि सरोकारवालाहरू थप आक्रोशित बनेका छन् ।

विद्यालयको भौतिक संरचना, दिवा खाजा लगायतमा ठुलो अनियमितता गरेको प्रअ गुप्तामाथि आरोप छ । विद्यालयमा नियमित लेखा परीक्षण नगरी काम गरेका गुप्तालाई यतिवेला चौतर्फी घेराबन्दी छ ।

सम्बन्धित समाचार