२०८३ जेष्ठ १ गते , शुक्रबार

लोकसभा निर्वाचन : भाजपाको १९५ उम्मेदवारको नाम घोषणा, मोदी वाराणसीबाट चुनाव लड्ने

sajilo news
एजेन्सी
२०८० फाल्गुन २० गते , आईतबार
लोकसभा निर्वाचन : भाजपाको १९५ उम्मेदवारको नाम घोषणा, मोदी वाराणसीबाट चुनाव लड्ने

भारतीय जनता पार्टी (भाजपा)ले लोकसभा निर्वाचनका लागि १ सय ९५ उम्मेदवारको नाम सार्वजनिक गरेको छ। भाजपाले पहिलो चरणमा प्रधानमन्त्री नरेन्द्र मोदीसहितका उम्मेदवारको नाम सार्वजनिक गरेको हो।

प्रधानमन्त्री मोदी वाराणसीबाट उठ्नेछन् भने गृहमन्त्री अमित शाह गान्धीनगरबाट, राजनाथ सिंह लखनऊबाट, शिवराज सिंह चौहान विदिशाबाट, सर्वानन्द सोनोवाल डिब्रुगढबाट र अर्जुनराम मेघवाल बिकानेरबाट चुनाव लड्नेछन्।

यस्तै, गजेन्द्रसिंह शेखावत जोधपुर, किरन रिजिजू अरुणाचल पश्चिम र हेमा मालिनी मथुरा, गोरखपुरबाट रवि किशन र उत्तरपूर्वी दिल्लीबाट मनोज तिवारीलाई टिकट दिइएको छ। 

भाजपाले १६ राज्य र २ केन्द्रशासित प्रदेशमध्ये १ सय ९५ सिटमा टिकट बाँडफाँट गरेको हो। यो सूचीमा लोकसभा अध्यक्ष, २ पूर्वमन्त्री, ३४ केन्द्रीय मन्त्री र राज्यमन्त्रीको नाम सामेल छ ।

सम्बन्धित समाचार