२०८३ बैशाख ३ गते , विहीबार

सामाजिक सञ्जालमा आयो समस्या, प्रयोगकर्ताको खाता आफैं लगआउट

sajilo news
झापा
२०८० फाल्गुन २३ गते , बुधबार
सामाजिक सञ्जालमा आयो समस्या, प्रयोगकर्ताको खाता आफैं लगआउट

सामाजिक सञ्जाल डाउन भएको छ। नेपाली समयअनुसार मंगलबार बेलुकी करिब ९ बजेदेखि धेरै प्रयोगकर्ताहरूको फेसबुक, म्यासेन्जर र इन्स्टाग्राम चल्न छाडेको हो।  नेपालसँगै संसारका थुप्रै देशबाट फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा समस्या भएको गुनासा आएका छन्।  प्रयोगकर्ताहरूको चलिरहेको खाता आफैं लगआउट हुने र लगइन नहुने समस्या देखिएको छ। केही देशमा गुगल प्ले स्टोर पनि नचलेको भन्दै प्रयोगकर्ताहरूले ट्विटरमा लेखेका छन्।

सम्बन्धित समाचार