२०८३ बैशाख ३ गते , विहीबार
गायिका टेलर स्वीफ्ट फोर्ब्स अर्बपतिको सूचीमा
अमेरिकी व्यावसायिक पत्रिका फोर्ब्सले अर्बपतिहरूको नयाँ सूची सार्वजनिक गरेको छ । यो सूची अनुसार गायिका टेलर स्वीफ्ट पनि औपचारिक रूपमै अर्बपतिहरूको सूचीमा जोडिएकी छिन् । यो सूचीमा अन्य कयौं चर्चित व्यक्तित्वहरू पनि छन् । स्वीफ्ट गएको अक्टोबरमै अर्बपति बनेकी छिन् ।
एराज टूरका कारण कमाई बढेसँगै उनी फोर्ब्सको सूचीमा परेकी हुन् । फोर्ब्सका अनुसार गायिकाले अब आधिकारिक रूपमै विश्वभरका अर्बपतिहरूको सूचीमा एन्ट्री गरेका छन् । उनको कूल सम्पत्ति एक अर्ब डलरभन्दा बढी भएको बताइएको छ ।
यो सूचीमा रिहाना, जे(जेड र जिम्मी बफेटलगायत कलाकारसमेत छन् । तर केबल गीत लेखेर अनि गाएरै यो सूचीमा पर्ने चाँहि टेलर पहिलो कलाकार हुन । उनको इराज टूरको पहिलो ६० वटा शोबाटै एक अर्ब चार करोड डलर कमाएको अनुमान गरिएको छ ।