२०८३ बैशाख ५ गते , शनिबार
मेची बहुमुखी क्याम्पसको प्रमुखमा पोखरेल पुनः नियुक्त
भद्रपुर । भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको प्रमुखमा जीवन पोखरेल पुनः नियुक्त भएका छन् । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा केशरजंग बरालले पोखरेललाई आगामी तीन महिनाको लागि क्याम्पस प्रमुखमा नियुक्त गरेका हुन् ।
वर्तमान क्याम्पस प्रमुख पोखरेलको कार्यकाल आजदेखि सकिँदैन थियो। नयाँ क्याम्पस प्रमुख नियुक्तिका लागि क्याम्पस सञ्चालक समितिले पोख्रेलसहित शारदानन्द झा र झगप्रसाद बरालको नाम सिफारिस गरेकोमा पोखरेललाई नै ३ महिनाको लागि पुनः क्याम्पस प्रमुखको जिम्मेवारी दिएको हो।
त्रिविमा सिफारिस गरिएका नाममा दलीय तानातान भएपछि उपकुलपति बरालले तत्कालका लागि एक नम्बरमा सिफारिस गरिएका पोखरेलको म्याद ३ महिना थप गरेको स्रोतले जनाएको छ ।