२०८३ बैशाख ३ गते , विहीबार

फाइटरले ओटीटीमा तोड्यो एनिमलको रेकर्ड

sajilo news
एजेन्सी
२०८० चैत्र २५ गते , आईतबार
फाइटरले ओटीटीमा तोड्यो एनिमलको रेकर्ड

मुम्बई । बलिउडका सुपरस्टार अभिनेता अनिल कपूर सन् २०२३ देखि आफ्ना सुपरहिट फिल्मका कारण चर्चामा छन् । गत वर्षको डिसेम्बरदेखि यो वर्षसम्म उनको फिल्मले निरन्तर कमाई गरेको चर्चा चलेको छ ।

मेगास्टार अनिल कपूर फाइटर र एनिमलसँग बक्स अफिसमा ब्याक टू ब्याक हिट दिएपछि, सिनेमा आइकनले ओटीटीमा पनि आफ्नो सफलताको रेकर्ड तोड्दै छ।

ओटिटीमा एनिमल भन्दा फाइटर अगाडी

यसै वर्ष जनवरीमा ठूलो पर्दामा रिलिज भएको अनिल कपूरको फिल्म ‘फाइटर’ फेरि एकपटक चर्चामा छ । सबैभन्दा लामो समय नेटफ्लिक्समा पहिलो स्थानमा ट्रेन्डिङ गरिसकेपछि एरियल एक्शनले एनिमल र डङ्कीलाई पछाडि छोडेको छ।

फाइटरले आफ्नोसँगको ओटीटीमा १० दिनमा १२ लाखभन्दा बढी भ्युज पाएको छ । भ्युको यो आंकडासँगै यो फिल्म सबैभन्दा छिटो भ्युज भएको बलिउड फिल्म बनेको छ । यस फिल्मको कलाकारको कुरा गर्ने हो भने यस फिल्ममा अनिल कपुरसँगै ऋतिक रोशन र दीपिका पादुकोण मुख्य भूमिकामा देखिएका थिए ।

फाइटरको विश्वव्यापी बक्स अफिस कलेक्शनको कुरा गर्दा फिल्मले ३३७ करोड भारुको अनुमानित कलेक्सन गरेको छ । फिल्मको समीक्षाको कुरा गर्दा सामाजिक सञ्जालका लगभग हरेक प्लेटफर्ममा यो फिल्मको बारेमा सकारात्मक प्रतिक्रिया आएको छ । वर्कफ्रन्टको कुरा गर्ने हो भने अनिल कपूर फिल्म ‘सुभेदार’ मा देखिनेछन् । यस चलचित्रका निर्देशक सुरेश त्रिवेणी हुन् ।

अनिल कपुरको अर्को फिल्म

अनिल कपुरको यो फिल्मको घोषणा यसै महिना भएको थियो । सिपाही अर्जुन सिंहको भूमिकामा देखिनेछन् । यो फिल्मको फर्स्ट लुक पनि सार्वजनिक भएको छ । यस फिल्ममा अनिल कपूरको लुकको बारेमा कुरा गर्दा अनिल कुर्सीमा बसेका देखिन्छन् । अनिल हातमा राइफल लिएर गम्भीर रुपमा देखिएका छन् ।

 

सम्बन्धित समाचार