२०८३ बैशाख २६ गते , शनिबार
शरणार्थी शिविरमा इजरायलको हवाइ हमला, १४ प्यालेस्टाइनीको मृत्यु
गाजाको नुसेरात शिविरमा इजरायली हवाई आक्रमणमा कम्तिमा १४ प्यालेस्टाइनीको मृत्यु भएको छ। गएराति गाजाको मध्य भागमा रहेको नुसेरात शरणार्थी शिविरमा रहेको आवासीय स्क्वायरलाई लक्षित गरी भएको आक्रमणमा कयौं घाइते भएको जनाएको वाफा न्यूजले जनाएको छ।
मध्य गाजाको देर अल–बालाह र सुदूर दक्षिणमा रफाहमा अन्य हवाई आक्रमणहरू गरिएको थियो। हमासले मंलबार गाजामा युद्धविराम गर्ने इजरायली प्रस्तावले प्यालेस्टिनी लडाकु गुटहरूको माग पूरा नगरेको तर प्रस्तावलाई थप अध्ययन गरी मध्यस्थकर्ताहरूलाई प्रतिक्रिया दिने बताएको छ।
इजिप्ट र कतारका मध्यस्थकर्ताहरूले काइरोमा भएको वार्तामा प्यालेस्टिनी इस्लामवादी आन्दोलनलाई यो प्रस्ताव हस्तान्तरण गरेका थिए।