२०८३ बैशाख ५ गते , शनिबार

इतिहासमै पहिलोपटक कतारका अमिर नेपाल आउँदै

sajilo news
पत्रपत्रिका
२०८१ बैशाख २ गते , आईतबार
इतिहासमै पहिलोपटक कतारका अमिर नेपाल आउँदै

काठमाडौँ । कतारका अमिर शेख तामिम बिन हमाद अल थानीले इतिहासमै पहिलोपटक नेपाल भ्रमण गर्ने भएका छन् । उनले आगामी वैशाख ११ र १२ गते नेपाल भ्रमण गर्ने तय भएको कतारका लागि नेपाली राजदूत डा। नरेशविक्रम ढकालले जानकारी दिए ।

राजदूत ढकालका अनुसार नेपाल भ्रमणका क्रममा कतारी अमिरले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । भ्रमणका क्रममा ११ वटा विभिन्न सम्झौता गर्ने तयारी भएको उनले राजधानीसँग बताए ।

खाडी मुलुकबाटै पहिलोपटक राष्ट्रप्रमुखको उच्चस्तरीय भ्रमण हुन लागेको उनले बताए । नेपालीहरूको प्रमुख गन्तव्यमध्येको एक कतारका अमिरको नेपाल भ्रमणले दुई देशको रोजगारी तथा वैदेशिक सम्बन्ध पनि थप प्रगाढ हुने विश्वास लिइएको उनले बताए ।

‘विभिन्न ११ वटा सम्झौतामा हस्ताक्षर हुने’दयगत यसअघि नै छलफल भइसकेको छ,’ राजदूत ढकालले भने, ‘अझै समय छ, ११ वटामा सम्झौता गर्ने’दयगत ड्राफ्ट तयार भइरहेको छ, सबै नभए पनि कम्तीमा ६–७ वटामा सम्झौतामा हस्ताक्षर हुन्छ ।’नेपाल जान पाउँदा अमिर पनि खुसी रहेको भन्दै उनको भ्रमणपछि नेपालीका लागि कतारमा थप ढोका खुल्ने बताए ।

यो सुरुवात मात्र हुन् लागेको भन्दै उनले अझै धेरै काम गर्न बाँकी रहेको बताए । राजदूत ढकाल आएपछि दूतावासमा पनि छिटोछरितो काम हुने गरेको सेवग्राहीले बताउने गरेका छन् ।

कतारमा रहेका नेपालका कूटनीतिज्ञ तथा समाजका अग्रज करिव वर्ष दिन अगाडिदेखि नै कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका लागि गृहकार्यमा जुटेका थिए । गत वर्ष कात्तिक २० र २१ गते हुने भनिएको अमिरको नेपाल भ्रमण इजरायल–हमास युद्धका कारण स्थगित भएकोथियो । आजको राजधानी दैनिकमा खबर छ । 

सम्बन्धित समाचार