२०८३ बैशाख ५ गते , शनिबार
चार हजार ४६२ प्राथमिक शिक्षकका लागि आवेदन माग
शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणीका लागि चार हजार ४६२ शिक्षक माग गरेको छ। शुक्रबारको निर्णयअनुसार आयोगले शनिवार सूचना प्रकाशन गरी आयोगले सातै प्रदेशमा विभिन्न समूहका लागि विज्ञापन खुला गरेको हो।
खुला, महिला, दलित महिला, मुस्लिम महिला, आदिवासी जनजाति, दलित, अपाङ्गता, पिछडिएको क्षेत्र र मधेशी, आदिवासी जनजाति, दलित, पिछडा वर्ग वा अल्पसङ्ख्यक समुदायका लागि विज्ञापन खुलाइएको छ।
सबैभन्दा धेरै बागमती प्रदेशमा एक हजार १०३ जना माग गरिएको छ। यस्तै कोशीमा एक हजार ७७, गण्डकीमा ८०० मधेशमा ५०८, लुम्बिनीमा ४९५, सुदूरपश्चिममा ३०२ र कर्णालीमा १७७ जनाका लागि आवेदन खुलाइएको छ। योग्यता पुगेका इच्छुक व्यक्तिले https://tsc.gov.np/ मा जेठ १३ गतेसम्म आवेदन दिनसक्ने आयोगले जनाएको छ।