२०८३ बैशाख ८ गते , मंगलबार

सीमा नाकामै हात्तीपाइलेको औषधि खुवाउँदै स्वास्थ्यकर्मी, नखानेलाई भारत जान रोक

sajilo news
पार्थ मण्डल
२०८१ बैशाख २७ गते , विहीबार
सीमा नाकामै हात्तीपाइलेको औषधि खुवाउँदै स्वास्थ्यकर्मी, नखानेलाई भारत जान रोक

झापा । हात्तीपाइले रोगविरुद्धको औषधि सेवन नगर्नेलाई सीमा नाकामै औषधि खुवाउन थालिएको छ । कचनकवल स्वास्थ्य शाखाले बुधवारदेखि नेपाल भारतको सीमा नाका कचनकवल ५ स्थित पाठामारीमा औषधि खुवाउन थालिएको स्वास्थ्य शाखा प्रमुख जागेश्वरप्रसाद यादवले जानकारी दिए । मेची नदीमा बनाइएको अस्थायी बाँसे पुलमा सशस्त्र प्रहरीको समन्वयमा स्वास्थ्यकर्मी युवेन्द्र राजवंशी खटाइएको उनले बताए ।

 पुलमा स्थानीय ५५ वर्षीय नेग्रु मियालाई औषधि खुवाउँदै यो अभियान सुरु गरिएको उनको भनाई छ । साथै औषधि सेवन नगर्नेलाई सो नाकाबाट भारतीय बजार जान पनि रोक लगाइएको उनले बताए । औषधि सेवन गरेको कार्ड जारी भएकालाई मात्र भारत जान दिने निर्णय गरिएको बताइएको छ । झापामा बैशाख १६ गतेदेखि ३० गतेसम्म हात्तीपाइले औषधि खुवाउने अभियान सञ्चालन भइरहेको छ । जिल्लामा करिब साढे ९ लाखलाई औषधि खुवाउने लक्ष्य राखिएको छ ।  

 

सम्बन्धित समाचार