२०८३ बैशाख ८ गते , मंगलबार

हाँस्ने धेरै बाँच्ने

sajilo news
एजेन्सी
२०८१ बैशाख ३० गते , आईतबार
हाँस्ने धेरै बाँच्ने

हाँस्नु  स्वास्थ्यका लागि फाइदाजनक छ भन्ने स्पष्टै छ।  स्टेट युनिभर्सिटी अफ न्यूयोर्कका वैज्ञानिकले हाँस्दा मानिसको रोग प्रतिरोधात्मक क्षमतालाई क्रियाशील बनाउने शक्तिशाली हर्मोन सक्रिय हुन थाल्ने पत्ता लगाएका छन्। 

साइटोकिन्स  भनिने एक प्रकारको हर्मोनले सेतो रक्तकोष क्षमता बढाउने उनीहरुको अनुसन्धानबाट पत्ता लगाएका हुन्। सेतो रक्तकोषले विषाणु र कीटाणुबाट हुने संक्रमण रोक्न सहयोग गर्दछ।  

यसले क्यान्सर गराउन सक्ने कोषलाई नाश गर्दछ।  द सन्डे टाइम्सका अनुसार हाँस्दा रगतमा बढ्ने तत्वमध्ये साइटोकिन्स पनि एक हो।  हाँस्नु र साइटोकिन्सबीचको सम्बन्धले गर्दा केही अनुसन्धानकर्ताले यसलाई आनन्दित हार्मोन पनि भन्छन्।

सम्बन्धित समाचार