२०८३ बैशाख ८ गते , मंगलबार

महेशपुर स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालनमा

sajilo news
झापा
२०८१ जेष्ठ १४ गते , सोमबार
महेशपुर स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालनमा

भद्रपुरस्थित महेशपुर स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालनमा आएको छ । प्रयोगशालाको आइतबार एक कार्यक्रमका बीच भद्रपुर नगर प्रमुख गणेश पोखरेलले उद्घाटन गरेका हुन् । त्यहाँका स्थानीयलाई रगत, खकार, दिशा पिसाब लगायतको जाँचको लागि प्रादेशिक अस्पताल भद्रपुरमा धाइराख्नु पर्ने अवस्थालाई मध्यनजर गरी नगरपालिकाले स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालनमा ल्याएको स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले जानकारी दिए । साथै नगरपालिकाले प्रयोगशालाका लागि  

एक ल्याब असिस्टेन्ट कर्मचारी पनि नियुक्त गरेको उनको भनाई छ । भद्रपुर ३ नम्बर वडा अध्यक्ष  हेम बहादुर कार्कीको अध्यक्षतामा तथा नगर प्रमुख पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा  पुरुषोत्तम खरेल, मनोज भट्टराई, नेत्रप्रसाद दाहाल, सुरज तामाङ, चेतन थापा मगर, भक्त बहादुर परियार लगायतले मन्तव्य राखेका थिए । सुमन भट्टराईले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन  स्वास्थ्य चौकी प्रमुख गोविन्द सिंह राजवंशीले गरेका थिए ।

सम्बन्धित समाचार