२०८३ बैशाख ५ गते , शनिबार
शिक्षामा ह्वात्तै बढ्यो बजेट, दिवा खाजाका लागि ८ अर्ब ३९ करोड
सरकारले दिवा खाजाका लागि ८ अर्ब ३९ करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गर्दै बाल शिक्षादेखि ५ कक्षासम्मका ३० लाख विद्यार्थीलाई ८ अर्ब ३९ करोड बजेट विनियोजन गरिएको बताए।
त्यस्तै कर्णाली प्रदेशका ५ जिल्लाको दिवा खाजा वृद्धि गरिएको छ। अर्थमन्त्री पुनका अनुसार हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालिकोटमा विद्यार्थीको दिवा खाजामा वृद्ध् िगरिएको हो। अर्थमन्त्री पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको लागि २ खर्ब ३ अर्ब ६६ करोड बजेट विनियोजन गरिएको जानकारी दिए। गत वर्ष सरकारले शिक्षा क्षेत्रको लागि १ खर्ब ९७ अर्ब २९ करोड बजेट विनियोजन गरेको थियो।