२०८३ बैशाख ५ गते , शनिबार

मेची क्याम्पसलाई प्लास्टिक मुक्त क्षेत्र घोषणा

sajilo news
झापा
२०८१ जेष्ठ २५ गते , शुक्रबार
मेची क्याम्पसलाई प्लास्टिक मुक्त क्षेत्र घोषणा

भद्रपुर । भद्रपुर-८ स्थित मेची बहुमुखी क्याम्पसलाई प्लास्टिक मुक्त क्षेत्र घोषणा गरिएको छ । क्याम्पसका वातावरण विज्ञान विद्यार्थी समूहले शुक्रबार आयोजना गरेको एक कार्यक्रमका बीच भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल आतिथ्यमा प्लास्टिक मुक्त क्याम्पस घोषणा गरेको हो ।

घोषणासँगै क्याम्पसको १०० मिटर वरपर चुरोट, बिँडी, खैनी गुट्खाको प्रयोग तथा बिक्री वितरणमा रोक लगाइएको छ । प्लास्टिकले वातावरणलाई प्रदूषित बनाउने भन्दै यस अभियानलाई नगरभरि लागु गर्नका लागि आआफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने नगर प्रमुख पोखरेलले जिकिर गरेका छन् । 

 

सम्बन्धित समाचार