२०८३ बैशाख २४ गते , विहीबार

राहुल गान्धी भारतको विपक्षी दलका नेता नियुक्त

sajilo news
एजेन्सी
२०८१ जेष्ठ २७ गते , आईतबार
राहुल गान्धी भारतको विपक्षी दलका नेता नियुक्त

नयाँ दिल्ली । कांग्रेस नेता राहुल गान्धीलाई विपक्षी दलको नेता नियुक्त गरिएको छ। कांग्रेस नेतृत्वको इन्डिया गठबन्धनको बैठकमा गान्धीलाई भारतको आधिकारिक विपक्षी नेताको रूपमा चयनको लागि सिफारिस गर्न सर्वसम्मतिले मतदान भएको हो। यो पद सन् २०१४ देखि खाली थियो।

बैठकमा सहभागीले सर्वसम्मतिले प्रस्ताव पारित गरी राहुल गान्धीलाई संसद्मा विपक्षी नेताको पद लिनुपर्ने केसी वेणुगोपालले बताए। हालै सम्पन्न लोकसभा निर्वाचनमा गान्धी भारतको दुई चुनाव क्षेत्रबाट विजयी बनेका थिए। उनी केरला र राय बरेलीबाट विजयी भएका थिए।

सम्बन्धित समाचार