ओमसाई अस्पतालले भित्रायो ‘एमआरआई मेसिन’, सेवा चाडै सञ्चालनमा आउँदै
भद्रपुर । भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालले स्वास्थ्य जाँचमा प्रयोग हुने ‘एमआरआई मेसिन’ भित्राएको छ । अस्पतालले जर्मनीबाट १७ करोडमा खरिद गरी ल्याएको ‘एमआरआई मेसिन’ भित्राएको अस्पतालका अध्यक्ष दीपककुमार पोखरेलले जानकारी दिए । मेसिन जडान गर्न एक हप्ता लाग्ने र त्यसपछि नियमित प्रयोगमा ल्याइने अध्यक्ष पोखरेलले बताए । झापामा एमआरआई सेवा बिर्तामोडको बीएन्डसी अस्पतालमा मात्र उपलब्ध छ ।
ओमसाईले उपचार सेवालाई थप गुणस्तरीय, प्रविधियुक्त र विस्तारित गर्न एक अर्ब १५ करोड लगानी थप्ने योजना रहेको अध्यक्ष पोखरेलको भनाई छ । एक सय शय्याको अस्पताललाई आगामी एक वर्षा भित्र ३०० शय्याको विस्तार गर्नका लागि सरकार अनुमति मागेको उनले बताए । अस्पतालले मुटु र मिर्गौलाका बिरामीका लागि उपचारका ८० करोड लगानी गरिएको छ । उक्त सेवा एक वर्षभित्रै सुरु गरिने अस्पतालका प्रबन्ध निर्देशक बालकुमार पोखरेलले बताए ।