२०८३ बैशाख २४ गते , विहीबार

सिलीगुडीको रंगापानी रेल दुर्घटना : मृतकको संख्या १५ पुग्यो

sajilo news
झापा
२०८१ असार ४ गते , मंगलबार
सिलीगुडीको रंगापानी रेल दुर्घटना : मृतकको संख्या १५ पुग्यो

भारतको पश्चिम बङ्गालस्थित दार्जिलिङमा नजिकै भएको रेल दुर्घटनामा परी मृतकको संख्या १५ पुगेको छ । दुर्घटनामा परी ६० जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

भारतीय रेलवे बोर्डले उद्धार कार्य पूरा भइसकेको र अहिलेसम्म मृत्यु हुनेको संख्या १५ पुगेको जनाएको छ । अगरतलाबाट सियालदह जाँदै गरेको १३१७४ नम्बरको कञ्चनजङ्घा एक्सप्रेसलाई न्यु जलपाईगुडी स्टेशन नजिकै रंगपानीमा मालगाडीले पछाडिबाड ठक्कर दिएको थियो ।  सोमबार बिहान करिब ९ बजेको समयमा कलकत्तातर्फ जाँदै गरेको कञ्चनजंगा एक्सप्रेस रातो सिङ्गलका कारण रोकिरहेको थियो । सोही बेला पछाडिबाट आएको मालगाडीले ठक्कर दिएको थियो । 

घटनापछि रेलमन्त्री अश्विनी वैष्णव घटनास्थल पुगेका थिए ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मु, बंगालकी मुख्यमन्त्री ममता बनर्जी र रेलमन्त्रीले यस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । सरकारले मृतकका परिवारलाई १०/१० लाख दिने घोषणा गरेको छ भने गम्भीर घाइतेको उपचारका लागि जनही साढे २ लाख दिने भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्  । त्यस्तै सामान्य घाइतेलाई जनही ५० हजार दिने केन्द्र सरकारले घोषणा गरेको छ  ।

सम्बन्धित समाचार