साउदी अरबमा हजका क्रममा करिब हजार जनाको मृत्यु
एजेन्सी । साउदी अरबमा हज गर्नेक्रममा चर्को गर्मी र असुविधा कारण सयौँको मृत्यु भएको छ । जसका कारण साउदी प्रशासनले आलोचना खेप्नु परिरहेको छ ।
समाचार एजेन्सी रोयटर्सले विभिन्न देशका विदेश मन्त्रालय र अर्को सूत्रबाट प्राप्त जानकारीका आधारमा कम्तीमा ५६२ जनाको मृत्यु भएको दाबी गरेको हो । जबकि एएफपीका अनुसार मृत्यु हुनेको सङ्ख्या करिब एक हजार रहेको छ । त्यसमा अधिकांश इजिप्टका नागरिक रहेका छन् ।
पाकिस्तान हज मिसनका डाइरेक्टर अब्दुल बहाव सूमरोका अनुसार कम्तीमा ३५ जना पाकिस्तानी हजयात्रीले पनि ज्यान गुमाएका छन् ।साउदी अरबको तर्फबाट मृत्यु हुनेको तथ्याङ्क सार्वजनिक गरिएको छैन ।
पछिल्लो ३० वर्षको दौरान साउदी अरबमा हजका क्रममा भागाभाग हुँदा र टेन्टमा आगलागी हुँदा सयौँको मृत्यु भइसकेको छ । साउदी प्रशासनका अनुसार यस वर्ष करिब १८ लाखले हज गरेका छन् । जसमध्ये १६ लाख विदेशी नागरिक रहेका थिए ।