२०८३ बैशाख २४ गते , विहीबार

बंगलादेशमा २२ वर्ष अघि लोप भएको घोषणा गरिएको सर्पको आतंक

sajilo news
एजेन्सी
२०८१ असार ९ गते , आईतबार
बंगलादेशमा २२ वर्ष अघि लोप भएको घोषणा गरिएको सर्पको आतंक

बंगलादेशमा विषालु सर्प आतंक फैलिएको छ । २२ वर्षअघि लोप भएको घोषणा गरिएको रसेल भाइपर प्रजातिको सर्प पुनः फर्किएको र यसले मानवीय क्षति बढाएको अधिकारीहरुले जनाएका छन्। 

गत वर्षको एक अध्ययनअनुसार बंगलादेशमा विषालु सर्पको डसाइबाट वर्षेनी ७ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ। तत्काल उपचार नपाएर यसरी ठूलो संख्यामा मानिसहरुको मृत्यु भइरहेको अध्ययनले देखाएको हो। विषालु सर्पको बिगबिगी बढेसँगै त्यहाँको स्वास्थ्य मन्त्रालयले स्वास्थ्य केन्द्र र अस्पतालहरुमा एन्टिभेनम स्टक राख्न आदेश दिएको छ। 

स्वास्थ्यमन्त्री सामन्त लाल सेनले सबै स्वास्थ्य केन्द्रलाई एन्टिभेनम व्यवस्था गर्न निर्देशन दिँदै सजगता अपनाउन अपिल गरेका छन्। मुसालाई आफ्नो मुख्य शिकार बनाउने गरेको रसेल भाइपर प्रजातिको विषालु सर्प अहिले अधिकांश ग्रामिण क्षेत्रहरुमा देखिन थालेको अधिकारीहरुले जनाएका छन्। 

रसेल भाइपर सर्प आमरुपमा केही चिसो क्षेत्रमा रहने भए पनि जलवायु परिवर्तनको असरले गर्दा अहिले बंगलादेशका अन्य धेरै क्षेत्रमा बाक्लो रुपमा देखिन थालेको बताइएको छ। 

सम्बन्धित समाचार