२०८३ बैशाख २६ गते , शनिबार

केन्याको संसद् भवनमा प्रदर्शन, प्रहरीले गोली चलाउँदा पाँचजनाको मृत्यु

sajilo news
एजेन्सी
२०८१ असार १२ गते , बुधबार
केन्याको संसद् भवनमा प्रदर्शन, प्रहरीले गोली चलाउँदा पाँचजनाको मृत्यु

केन्याको संसद्‌ भवनमा आक्रमण गर्न खोज्नेमाथि प्रहरीले गोली चलाउँदा पाँच प्रदर्शनकारीको ज्यान गएको छ। गोली लागेर ५० भन्दा बढी प्रदर्शनकारी घाइते भएको रोयटर्सले जनाएको छ।  प्रदर्शनकारीले संसद् भवनको केही भागमा आगो लगाइदिएका छन्।

संसद् भवनभित्र करवृद्धिसम्बन्धी विधेयक पारित गरिरहँदा प्रदर्शनकारी बलपूर्वकभित्र प्रवेश गर्न खोजेका थिए। आर्थिक संकटको सामना गरिरहेका बेला केन्या सरकारले कर वृद्धि गर्ने कानून ल्याएको भन्दै प्रदर्शनकारीहरूले विरोध गरेका हुन्। 

संसदमा यो कानून पेश भएको भनेपछि आक्रोशित भिड संसद भवन छिर्न खोजेको थियो। केही प्रदर्शनकारी सिनेट च्याम्बरसम्म प्रवेश गरेका थिए। सांसदहरूलाई जमिनमुनिको सुरुङ मार्ग प्रयोग गर्दै सुरक्षित बाहिर निकालिएको थियो।

देशले चरम आर्थिक संकटको सामना गरिरहेका बेला करवृद्धिसम्बन्धी कानून ल्याएको भन्दै सर्वसाधारण विरोध प्रदर्शनमा ओर्लिएका हुन् । अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्दा पनि प्रदर्शनकारी पछाडि नहटेपछि प्रहरीले गोली प्रहार गरेको रोयटर्सले जनाएको छ। 

 

सम्बन्धित समाचार