२०८३ बैशाख ५ गते , शनिबार

एसइई फेल भएकाले साउन १८ र १९ गते पुन: परीक्षा दिन पाउने

sajilo news
झापा
२०८१ असार १३ गते , विहीबार
एसइई फेल भएकाले साउन १८ र १९ गते पुन: परीक्षा दिन पाउने

राष्ट्रिय परीक्षा बोर्डले फेल भएकाहरूले माध्यमिक शिक्षा परीक्षा (एसइई) यही साउन १८ र १९ गते परीक्षा दिन पाउने जनाएको छ। परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले २०८० सालको एसइई नतिजा प्रकाशनसम्बन्धी पत्रकार सम्मलेलनमा उक्त जानकारी दिएका हुन्।

आज सार्वजनिक भएको नतिजाअनुसार ५२ प्रतिशत अर्थात्  २ लाख ४२ हजार ९२  जना फेल (एनजी) भएका छन्। उनीहरूले साउन १८ र १९ गते मौका परीक्षा दिन पाउनेछन्।

अध्यक्ष शर्माले बढी अंग्रेजी,विज्ञान र गणित विषयमा फेल भएको जानकारी दिए। उनका अनुसार गणितमा एक लाख ७७ हजार ९ सय ८५ जना,अंग्रेजीमा एक लाख एक हजार ३ सय ८३ जना र विज्ञानमा एक लाख २६ हजार ९ सय ३३ जना परीक्षार्थीहरू एनजी भएका छन्।

त्यस्तै,सोसल स्टडिजमा ७३ हजार ८ सय ७७ जना र अर्थशास्त्रमा ६९ हजार ४ सय १६ परीक्षार्थीहरू एनजी भएको उनले जानकारी दिए। 

सम्बन्धित समाचार