२०८३ बैशाख ४ गते , शुक्रबार
एसइई नतिजा : झापामा ८ हजार १३७ जना विद्यार्थी फेल, ३.४ देखि ४ जिपिए ल्याउने ७४७ जना
झापा । झापामा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ७ हजार ३२५ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । अर्थात् ४७.३७ प्रतिशत विद्यार्थी उत्तीर्ण भए ।
एसइईमा झापाबाट कुल १५ हजार ४६२ जना परीक्षार्थी सहभागी थिए । ८ हजार १३७ जना विद्यार्थी नन ग्रेडिङ (असफल) मा परेका छन् ।

दुई विषयमा अनुत्तीर्ण परीक्षार्थी समेत नन ग्रेडिङमा गणना गर्दा ८ हजार १३७ जना असफल भएका हुन् । तीमध्ये दुई विषयमा फेल भएका उनीहरूले साउन १८ र १९ गते मौका परीक्षा दिन पाउने शिक्षा विकास तथा समन्वय इकाई झापाले जनाएको छ ।
झापामा ३.४ देखि ४ जिपिएसम्म ल्याउने ७४७ जना, ३.२ देखि ३.६ सम्म ल्याउने २ हजार ४५८ जना, २.८० देखि ३.२० सम्म ल्याउने २ हजार ९७२ जना, २.४० देखि २.८० सम्म ल्याउने १ हजार १०३ जना र २.० देखि २.४० सम्म ल्याउने ४५ जना रहेका छन् ।