२०८३ बैशाख ३ गते , विहीबार

झापा कमलकी कुशिकाले ल्याइन् एसइईमा ४ जिपिए

sajilo news
झापा
२०८१ असार १४ गते , शुक्रबार
झापा कमलकी कुशिकाले ल्याइन् एसइईमा ४ जिपिए

झापा । २०८० को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा झापा कमलकी कुशिका बस्नेतले ४ जिपिए ल्याएकी छन् । यस वर्षको नतिजामा झापाबाट ४ जिपिए ल्याउने कुशिका मात्र भएको यो समाचार तयार पारुजेन्ल जानकारी प्राप्त भएको छ । कमल गाउँपालिका ५ पाडाजुँगीकी कुशिकाले दमकको सिद्धार्थ बोर्डिङ स्कुलबाट एसइई दिएकी थिइन् ।

उनी सो विद्यालयमा कक्षा २ देखि अध्ययनरत रहेको पारिवारिक श्रोतले जनाएको छ ।  बुझ्ने भएदेखि नै आफू एमबिबिएस पढ्छु भन्ने कुशिकालाई जसरी भए पनि चिकित्सा शिक्षा पढाउने बुवाआमाको इच्छा छ । २०६५ साउन ४ गते जन्मिएकी उनले एकपटक सेन्ट जेभियर्स कलेजमा प्रवेश परीक्षा दिने र नभए आफूले एसइइ उत्तीर्ण गरेको सिद्धार्थमै पढ्ने बताइन् ।

सम्बन्धित समाचार