२०८३ बैशाख २४ गते , विहीबार
भारतमा ६ तले भवन भत्किँदा ७ जनाको मृत्यु
गुजरातको सूरतमा एक भवन भत्किँदा ७ जनाको मृत्यु भएको छ। गुजरातको सुरतको सचिन पाली गाउँमा रहेको ६ तले भवन शनिबार दिउँसो भत्किएको हो।
१२ घण्टा देखि चलिरहेको उद्धार अभियानमा ७ वटा शव निकालिएको छ भने भत्किएको भवनको भग्नावशेष हटाउने काम जारी रहेको जिल्ला डीएसपी राजेश परमारले जानकारी दिए। घटनाको समयमा ठूलो आवाज आएकाले स्थानीय मानिसहरूले भूकम्प आएको ठानेका थिए।