२०८३ बैशाख १२ गते , शनिबार

पेट्रोल र डिजलको मूल्य बढ्यो

sajilo news
काठमाडौं
२०८१ श्रावण १ गते , मंगलबार
पेट्रोल र डिजलको मूल्य बढ्यो

नेपाल आयाल निगमले पेट्रोलको मूल्य ४ र डिजलको मूल्य ३ रुपैयाँ वृद्धि गरेको छ।  भारतबाट मूल्य बढेर आएकाले नेपालमा पनि आज राती १ बजेदेखि लागू हुनेगरी मूल्य बढाइएको निगमले जानकारी दिएको छ।

मूल्य बढेसँगै अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६८.५०, दोस्रोमा १७० र तेस्रो वर्गमा १७१ रुपैयाँ पुगेको छ। त्यसैगरी, डिजेल र मट्टितेलमा पहिलो वर्गमा प्रतिलिटर १५७.५०, दोस्रोमा १५९ र तेस्रोमा १६० रुपैयाँ पुगेको निगमले जनाएको छ।

पहिलो वर्गमा चारआली, जनकपुर, विराटनगर, अमलेखगञ्ज, नेपालगञ्ज, धनगढी, वीरगञ्ज र भलवारी पर्छन्। दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौँ, पोखरा र दिपायल पर्दछन्।

सम्बन्धित समाचार