२०८३ बैशाख ३ गते , विहीबार

आदर्श स्कुलद्वारा नव आगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

sajilo news
झापा
२०८१ श्रावण १४ गते , सोमबार
आदर्श स्कुलद्वारा नव आगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

बिर्तामोड । बिर्तामोडस्थित आदर्श स्कुल अफ म्यानेजमेन्टले नव आगन्तुक विद्यार्थी र अभिभावकलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कलेजले कक्षा ११ का होटेल म्यानेजमेन्ट र बिजनेस गरी एक सय विद्यार्थी र उनीहरूका अभिभावकलाई अभिमुखीकरण दिइएको हो ।

सहभागीहरूलाई कलेजको नियम तथा हुने विभिन्न क्रियाकलापका बारेमा अभिमुखीकरण र कलेजले गर्दै आइरहेको लागु औषधविरुद्धको अभियान, जनचेतना कार्यक्रम, असत्य मार्गको प्रस्तुत गरिएको थियो। कलेजका स्थापक तथा डाइरेक्टर सन्जोग खरेलले कलेजको विभिन्न कार्यक्रम बारे विद्यार्थी तथा अभिभावकहरूलाई जानकारी गराएका थिए । 

कार्यक्रममा नीति तथा नियमनका बारेमा कलेजका विद्यार्थी व्यवस्थापन प्रमुख यज्ञराज कडरियाले जानकारी गराएका थिए । स्वागत मन्तव्य कलेजका तालिम विभाग प्रमुख दीपक दासले राखेको कार्यक्रममा लागु औषधको बारेको सचेतनामा रि बिर्थ सेन्टरका सञ्चालक राजु गिरीले सहजीकरण गरेको कार्यक्रमको सञ्चालन कक्षा १२ का विद्यार्थी युना भट्टराई र सन्ध्या गुरुङले गरेकी थिइन् । 

सम्बन्धित समाचार