२०८३ बैशाख ३ गते , विहीबार

कक्षा १२ को नतिजा : कचनकवल विद्या मन्दिरका खगेन्द्र गाउँपालिका टपर

sajilo news
झापा
२०८१ श्रावण २० गते , आईतबार
कक्षा १२ को नतिजा : कचनकवल विद्या मन्दिरका खगेन्द्र गाउँपालिका टपर

कचनकवल । राष्ट्रिय परीक्षा बोर्डले भर्खरै सार्वजनिक गरेको कक्षा १२ नतिजामा झापास्थित कचनकवल विद्या मन्दिर माविका छात्र खगेन्द्र राजवंशीले गाउँपालिका टप गरेका छन् ।

कचनकवल-६ स्थित कचनकवल  विद्या मन्दिरका छात्र राजवंशीले दक्षिण क्षेत्रकै सर्वाधिक जिपिए ३.६९ ल्याएर गाउँपालिका टप गरेका हुन् । २४ जना विद्यार्थी सहभागी परीक्षामध्ये ३.२ देखि ३.६ जिपिएसम्म ल्याउने १० जना र २.८ देखि ३.२ जिपिएसम्म ल्याउने ७ जना विद्यार्थी रहेको जनाइएको छ ।  

अघिल्लो वर्ष पनि कचनकवल  विद्या मन्दिरकी छात्रा अस्मिता देवानले ३.८२ जिपिए प्राप्त गरी कोसी प्रदेशमै प्रथम स्थान हासिल गरेकी थिइन्  । उनलाई कचनकवल गाउँपालिकाले सम्मान स्वरूप नगद २५ हजारले पुरस्कृत गरेको थियो । दक्षिण क्षेत्रमै अब्बल नतिजा ल्याउन सफल यस विद्यालयले गाउँपालिकाको शैक्षिक क्षेत्रमा निरन्तर रुपमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको विद्यालयका प्रधानाध्यापक खगेन्द्र पाण्डेले जानकारी दिए । 

सम्बन्धित समाचार