२०८३ बैशाख २४ गते , विहीबार

बंगलादेशका राष्ट्रपतिले गरे संसद विघटन

sajilo news
एजेन्सी
२०८१ श्रावण २२ गते , मंगलबार
बंगलादेशका राष्ट्रपतिले गरे संसद विघटन

बंगलादेशमा संसद विघटन गरिएको छ। राष्ट्रपति मोहम्मद शाहबुद्दिनले विज्ञप्ति जारी गर्दै संसद विघटन गरिएको घोषणा गरेका हुन्।‘राष्ट्रपतिले तीनै तहका सशस्त्र बलका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका प्रतिनिधि र विभेद विरोधी विद्यार्थी आन्दोलनका नेताहरूसँगको छलफलपछि संसद भंग गर्ने निर्णय गर्नुभएको हो।’ बंगभवनले जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ।

प्रेस बक्तव्यमा बीएनपी अध्यक्ष खालिदा जियालाई रिहा गरिएको पनि उल्लेख गरिएको छ। प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिँदै विदेश पलायन भएपछि सेना प्रमुख र राष्ट्रपतिले अन्तरिम सरकार गठन हुने घोषणा गरेका थिए।

आन्दोलनकारी विद्यार्थी नेताहरूले सेनाले सरकार बनाए अमान्य हुने भन्दै तत्काल संसद विघटन गरी अन्तरिम सरकार बनाउन माग गरेका थिए।

 

सम्बन्धित समाचार